कोरोना संक्रमणबाट काठमाडौँमा थप एक जनाको मृत्यु

काठमाडौँ । सिनामंगलस्थित केएसमी अस्पतालमा उपचार गराइरहेका ५४ वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

असार १९ गते अस्पताल भर्ना भएका मिर्गौलाका विरामी उनको मृत्युपछि कोरोना जाँच गर्दा संक्रमण पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।

 

गत बिहीबार मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्न पठाइएकोमा शुक्रबार बेलुकी नतिजा पोजेटिभ आएको हो ।

 

उनको शव शनिबार बिहानै नेपाली सेनाको टोलीले दाहसंस्कारको लागि लगेको अस्पतालले जनाएको छ ।

 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार