काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानको आयोजनामा राष्ट्रीय नाटक महोत्सब २०७६ काठमाडौं कालिका स्थित सर्बनाम थियटरमा चलिरहेको छ ।
सौन्दर्य कला र सस्कृती सभ्यताको मुल आधार नारा राख्दै एक हप्ता सम्म चल्ने नाटक असार २ गते देखी ८ गते सम्म चल्नेछ । आज महोत्सबको तेस्रो दिन मगर समुदायको अन्त्यन्तै लोपन्मुख जिवैमामा गिती नाटक प्रर्दशन भयो । नेपालको पश्चिम जिल्ला स्याङ्जामा मात्र नाचिने यो नाच मगर समुदायको चिनारीको रुपमा मानिन्छ ।
बसन्त ऋतुको पूर्व सन्ध्यामा न्यानोपन सँगै कामबाट फुर्सदिलो समय अनि प्राकृतिक बाताबराणले पालुवा हाल्ने समय जुन समयलाई प्रणयको रुपमा लिदै मगर समाजको लोक गितको रुपमा यस नाचलाई मानिन्छ । फागुन पुर्णिमाको अघिल्लो साझ गाउको पायक पर्ने ठाउमा गाउको सबै जना भेला भै रमाईलो गर्दै यो नाच नाचिने गरिन्छ ।
बिबाह योग्य उमेर भएसी सगुन लिएर मामाको छोरी माग्न जाने अनि दुबै पक्ष बिच विवाह अनुकुल बनाउन लामा झाक्री वा जैसीको सहयोग लिई माईती पक्षले आफ्नो चेली दिनको लागी मन्जुर हुने तथा कुटुम्ब ‘केटा’ पक्षले चेली पक्षलाई सकेको रकम दिएर आफ्नो घर भित्र्याउने परम्परा यस जिवैमामा गिती नाटकमा पाइन्छ । यस नाचलाई डा.मिन श्रीस मगरको सयोजन भिम मास्की रानाको निर्दशनमा मगर अध्ययन केन्द्र काठमाण्डौले गिती नाटकमा रुपान्तर गरेको हो ।
महोत्सबमा असार २ गते देखी निरन्तर नाटक मन्चन भै रहेको छ । अहिलेसम्म कर्णाली थियटर ूकलाकुन्जू मुगूको पम्फाफुल , कलालय ईटहरिको ईश्वरलाई चिठ्ठी , मगर अध्ययन केन्द्र ललितपुरको जिवैमामा गिती नाटक , क्षितिज नाट्य समुह फिदिमको घरभित्रको अर्को घर , तरङ्ग सास्कृतिक परिषद हेटौडाको अमर शिहको खोजी , रङ्गकला गोरखाको बिकाश भर्सेस निकास र एम आर थियटर नेपाल गन्ज बाकेको कजरी निरन्तर असार ८ गते सम्म प्रर्दशन हुँदैछ ।