सनी हिन्दुस्तानीले जिते इन्डियन आइडल ११ को उपाधिसनी हिन्दुस्तानीले जिते इन्डियन आइडल ११ को उपाधि

काठमाडौं । ११ औं संस्करणको इन्डियन आइडल शनि हिन्दूस्तानी बनेका छन् । आइतबार राति भएको फिनालेमा फाइनल चरणमा पुगेका चार जनालाई पछि पार्दै शनी इन्डियन आइडल बनेका हुन् ।

 

५ करोड जनताले भोटिङ गरेर टुंगो लगाएको इन्डियन आइडलको फिनालेमा रोहित सामराव दोस्रो, अनकोना मुखर्जी  तेस्रो, अद्रिज घोष चौथो तथा रिधम कल्याण पाँचौं भएका छन् ।  जितसंगै गरिब परिवारमा जन्मेका भटिन्डाका शनिले २५ लाख  भारु र एउटा कार पाएका छन् । त्यस्तै टि सिरिजको एउटा फिल्ममा गीत गाउने अवसर पाएका छन्।

 

उनले इन्डियन आइडल बन्नुअघि नै दुई वटा फिल्ममा गीत गाइसकेका छन् । उनी १४ वर्षका हुँदा बाबुको मृत्युपछि आमाले निकै दुःखका साथ हुर्काएकी थिइन् । घरको हालत ठीक नभएकाले इन्डियन आइडलमा आउनासाथ उनलाई नेहा कक्कडले एक लाख भारु दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार