म्याग्दी मगर माघेसंक्रान्ति आजबाट सुरु

काठमाडौं  ।  माघेसंक्रान्ति  मेला २०७६ को सात दिने महोत्सव ललितपुरको बागडोलमा आइतबार बाट सुरु भएको छ । म्याग्दी मगर समाज  काठमाडौं   उपत्यकाले हरेक वर्र्ष आयोजना गर्ने माघे सकराती महोत्सव समाजको आफ्नै भवन परिसरमा सुरु भएको हो ।

 

महोत्सवको उद्घाटन म्याग्दीका समाजसेवी, नेपाली कांगे्रस म्याग्दीका सभापति खम बहादुर गर्वुजा मगरले दिप प्रज्वलन तथा तारो हानेर उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै गर्बुजा मगरले माघसे  लगायतका विभिन्न मौलिक, ऐतिहासिक तथा महत्वपुर्ण संस्कार संस्कृतिको संरक्षणमा म्याग्दी मगर समाजले खेलेको भुमिका प्रति खुशी व्यक्त गर्दै यस्ता संस्कार संस्कृति सवैको अमुल्य सम्पत्ति भएकाले पुस्तान्तरण गर्दै लैजानु पर्ने धारणा व्यक्त गरेका छन् ।

 

म्याग्दी मगर समाजका अध्यक्ष टंक प्रसाद बुढाथोकी मगरले समाजले आफ्नो समुदायको दुख सुुखमा सहकार्य गर्ने साथै समाजको शैक्षिक ,आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा हातेमालो गर्दै अगाडि बढेको बताउँदै समाजले पुरातात्तिक चीजहरुको संरक्षणको लागि संग्रालय साथै शैक्षिक विकासको लागि पुस्तकालयको निर्माण गर्न लागेको समेत बताएका छन् ।

महोत्सव आइतबारबाट पौष ४ गते सम्म ७ दिन चल्नेछ । महोत्सवमा मगर जातिको विभिन्न कलासंस्कृति, खानापान, भेषभुषा,  पुरातात्वयिक   वस्तुहरुको प्रर्दशनी समेत रहेको छ भने तारो हान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, बास्केटबल, महिला पुरुष भलिवल प्रतियोगिता लगायतका खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको छ । साथै प्रत्येक दिन महोत्सवमा विभिन्न मौलिक तथा सांस्कृतिक प्रस्तुतिहरु समेत रहने समाजका सचिव मन बहादुर पुन मगरले बताएका छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार